Tuesday, September 20, 2011

रोग प्रतिरोधात्मक प्रणाली ज्यादा सकृय भएर हुने रोगहरु (Autoimmune Diseases)

हाम्रो शरीरमा बाह्य हानिकारक बस्तुहरु जस्तै: जीवाणु (bacterium), बिषाणु (virus), परजिवी (parasite) इत्यादी प्रवेश हुने बित्तिकै हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणाली (Immune System) सकृय हुन्छ र रोग लाग्न दिदैन । यदि यो प्रणाली कमजोर भयो भने हाम्रो शरीर भित्र प्रवेश गर्ने जीवाणु/ बिषाणु/ परजिवीहरुले तुरुन्त आक्रमण गरिहाल्छन् र हामीलाई रोगहरु जस्तै: झाडा-पखाला, रुघा-खोकी, क्षयरोग, इत्यादी. लाग्छ ।

AIDS वास्तवमा आफैंमा कुनै रोग होइन तर यसले चाँही हाम्रो immune system लाई यती कमजोर बनाइदिन्छ कि निको नै नहुने गरी, अनी सबै किसिमको (सरुवा) रोगहरु लाग्छ र मृत्‍यु हुन्छ ।

तर immune system ज्यादा सकृय अथवा cross reaction भयो भने पनि यसले हाम्रो शरीरका आफ्नै कोष, तन्तु तथा अङ्गहरुलाई आक्रमण गर्न सुरु गर्छ अनी आँफैमा एक रोगको रुप लिन्छ, जसलाई Autoimmune Disease भनिन्छ । यसअन्तर्गत बात (Rheumatoid Arthritis), बिसमज्वर (Rheumatic fever), दम (Allergic Asthma), खास प्रकारको मुटुको रोग (Rheumatic heart disease), Graves' disease, Lupus, Optic neuritis, Pernicious anemia, Sjögren's syndrome, Primary biliary cirrhosism, Myasthenia gravis, Diabetes mellitus type 1, इत्यादी. (यस्ता सय भन्दा बढी किसिमका रोगहरु पत्ता लागेका छन्) ।
क्रमश:

No comments:

Post a Comment