Friday, September 23, 2011

महिलाहरुमा autoimmune रोगको सम्भावना ज्यादा हुने कारण

चालिस बर्ष उमेरपछिको स्थिती हेर्ने हो भने, पुरुषलाई भन्दा महिलालाई auto-immune रोग लाग्ने सम्भावना तीन गुणा धेरै हुन्छ । अहिले सम्म पाइएको तथ्याङ्क अनुसार, महिला : पुरुष = ३:१ छ । मेरो लेख, Auto-immune रोग के हो त ? हालसालै गरिएको अध्य्यन अनुसार महिलाहरुमा auto-immune रोगको सम्भावना ज्यादा हुने निम्न कारणहरु पत्ता लागेका छन् ।

  1. Estrogens (oestrogens) हार्मोन महिलाहरुमा उत्पादन हुन्छ भने पुरुषहरुमा testosterone हार्मोन । estrogens हार्मोनले immune system ज्यादा सकृय हुन उत्प्रेरणा दिन्छ ।
  2. मानव शरीरमा २३ जोडा अनुबशिंक तत्वहरु (chromosomes) हुन्छन् । प्रत्येक जोडामा एक-बाबु तथा एक-आमाबाट आएका हुन्छन् । पुरुष र महिलामा २२ जोडा chromosome एकै किसिमका हुने भएता पनि २३ औं जोडा भने फरक हुन्छ । २३ औं जोडामा XX (महिला), XY (पुरुष)हुन्छ । यहीँ X chromosme मा immune प्रणालीलाई ज्यादा सकृय बनाउने केही रसायनहरु उत्पादन गर्ने अनुबशिंक तत्वका ईकाइहरु (genes) रहेका हुन्छन् । महिलाहरुमा X-chrosome दुइवटा हुनाले पुरुषको तुलनामा यस्ता रसायन हरु पनि दुईगुणा बढी उत्पादन हुन्छन् । हुन त gene दुईगुणा भयो भन्दैमा त्यसको उत्पादन पनि अनावश्यक रुपमा दुईगुणा नै हुन्छ भन्ने त होइन । नचाहिएको एउटा gene लाई छोपेर राख्ने र यस्को उत्पदन हुन नदिने अर्कै प्रणाली हुन्छ, यदी यो प्रणाली बेकार भएमा मात्र महिलाहरुमा autoimmune रोगको सम्भावना ज्यादा हुन्छ।
  3. Microchimerism:- गर्भावस्थामा रहेको भ्रुण/बच्चा महिलाको रक्तसंचार प्रणाली सँग प्रत्यक्ष सम्पर्कमा रहेको हुँदैन, साल-नाल को माध्यमबाट अप्रत्यक्ष रुपमा संपर्कमा रहेको हुन्छ । तर, कारणबस महिलाको रक्तसंचार प्रणालीमा बच्चाको कोष, तन्तु इत्यादी आउन पुग्यो भने महिलाको Immune system सकृय भाईहाल्छ । यो सकृयता Helper CD4 T-cell ले स्मरण गरिराखेको हुन्छ जसले महिलालाई बच्चाको जन्म पश्चात पनि हानी पुर्याउँछ । सामान्यत: बच्चाको जन्म पश्चात यस्ता Helper CD4 T-cell आँफैँ नस्ट हुन्छन् ।

No comments:

Post a Comment