Monday, August 29, 2011

नायक राजेश हमाल र सुक्ष्मजीवहरु

कलाकार / नायक राजेश हमाललाई महानायक बनाएर लेखेका टिपोट को थुप्रो लागिसकेछ । निसन्देह, यो हाँस्य प्रायोजनको लागि मात्र लेखिएको हो । तर, भर्खर-भर्खर Microbiology पढ्न सुरु गर्नेहरुको लागि Bacteria/Virus को characterहरु सम्झिन सजिलो हुन सक्छ ।

  1. राजेश दाइलाई त माईक्रोस्कोप नै नचाहिने रहेछ ब्याक्टेरिया हेर्न को लागि ....
  2. राजेश दाइ सानो हुँदां Staphylococcus र Streptococcus को गुच्चा खेल्नुहुन्थ्यो रे ।
  3. राजेश दाइ सानो हुँदां Escherichia coli र  Vibrio cholera को डण्डीबियो  खेल्नुहुन्थ्यो रे ।  एकदिन, E. coli डण्डीले V. cholera गुलीलाई अलि जोडले हिर्काउनुभएछ, त्यसैले आजसम्म पनि V. cholera बाङ्गोको बाङ्गै छ । 
  4. HIV त राजेश दाइसँग डराएर पो रहेछ, CD4 T-cell भित्र लुकि-लुकी बस्ने । 
  5. राजेश दाइको लामो कपाल देखेर पो Salmonella typhi पनि peritrichous (झुसे) भएको रहेछ ।
  6. २०५१ सालमा नेपालमा ठुलो खडेरी परेको थियो, किन भनेर बुझ्दै जांदा त राजेश दाइले Agaricus biospora (mushroom) को छाता बनाएर ओढ्नु भएको रहेछ ।
  7. राजेश दाइले एउटा भुस्याहा कुकुरलाई गोली हान्नु भएछ, गोली लाग्यो, घाऊ-रगत देखिएन, तर पानी देखी डराउने मात्र भएछ, १४ दिनपछी बल्ल कुकुर मरेछ । यसपल्ट त राजेश दाइपनि अचम्म पर्नुभएछ । (Bullet shaped Rhabdovirus).
  8. राजेश दाइको 'देउता' चलचित्र हेरेपछि Proteus त एकै ठाउँमा बस्न नसक्ने चकचके भएछ । (Swarming motility of Proteus spp.)
बांकी यता     http://www.facebook.com/hamalrajesh
                http://xnepali.net/np/240
बिष्णु प्र. मरासिनी

No comments:

Post a Comment