Wednesday, June 15, 2011

भानुभक्त आचार्यको पादुका दान अब नयाँँ संस्करणमा

(नेपाली, साहित्य, दशक अगाडिको पानाबाट)

तहाँ सीतारामका चरणतलमा शिर पनि धरी
अयोध्यै लैजान्छु भनिकन ठूलो मनसुब गरी

.............................

तहाँ साथी भाइका चरणतलमा घरि-घरि परी
भरत बिन्ती गर्छ एउटी ठिटी मिलाइदेउ भनी

चुरोटको धुवाँमा होस् या क्यान्टिनको चनामा
उसलाई नै सोच्छ यो भरत आफ्नो मनमा

बियरको बोतल होस् या ल्याबको फ्लास्क
फुटायो कती हो कती अनी छोड्यो क्लास

भ्यागुतो होस् या गड्यौला चिर्दा या लोखर्के
खाली उस्तिर नै आँखा लगाउछँ कर्के-कर्के

क्लासको होस् या प्र्याक्टिकलको कापी सार्दा
उसलाईनै सम्झन्छ ब्याड्मिन्टन पनि हार्दा

मिररको होस् या लेन्सको प्र्याक्टिकलमा
तेर्स्याउँछ ति खाली उसकै अनुहारमा

झिम्क्याउन सिक्ने भनी माइक्रोस्कोप हेर्छ
छोडिदे त्यस्लाई भन्दा हामीलाई कहाँँ टेर्छ

ब्रश नगरेका गन्हाउने ति पहेँला दाँत पनि
भन्ने गर्छ ति सुनका दाँत किन हो कुन्नी

हामीलाई धम्क्याउछ उसलाई नपाए पनि
बिकरको एसिड पनि पिईदिन्छु भनी

साथीभाइ सम्झाउँछन नरो अरु पनि पाईन्छ भनी
उ रुन्छ सिनेमाको पैसा फिर्ता अहिल्यै चाहिन्छ भनी

(दशक पछी थपिंदा....)
एक किलो पाउडर अनी लाली दल्ने त्यो काली
कसरी पर्न गइछे त्यो मोरी त मेरो आफ्नै साली

No comments:

Post a Comment